हेटौंडा अस्पताललाई कोरोना सम्बन्धी स्वास्थ्य सामग्री

कोरोना भाइरसलाई लक्षित गरि हेटौंडा अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल भारत मैत्री संघको समन्वयमा एल आइ सि नेपाल , नेपाल एसबीआई बैंक ,एभरेस्ट बैंक ,एसियन पेन्ट र बर्जर पेन्ट लगायत ५ वटा संस्थाले संयुक्तरुपमा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
आज बुधबार एल आइ सी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह, नेपाल एसबीआई बैंकका शाखा प्रबन्धक भरत प्रसाद अधिकारी लगायत उल्लेखित सबै दातृ संस्थाका प्रतिनिधिहरुले संयुक्तरुपमा १० सेट आईसियू बेड, २०० सेट पिपिई र दुईसेट अक्सिजन कन्टेनर लगायतका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
संस्थाहरुले सामाजिक सुरक्षा मन्त्री युवराज दुलाल, हेटौंडा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल ,मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविन श्रेष्ठा, मुख्यमन्त्री कार्यालय प्रतिनिधि लगायतको उपस्थितिमा स्वास्थ सामाग्रीहरु अस्पताललाई हस्तान्तरण गरिएको हो ।