कोरोनाका कारण विश्वभर हाल सम्म ८२ हजार बढिकोे मृत्यु

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार १६:१७
;

कोरोना भाइरसको संक्रमणबाट विश्वभर हाल सम्म ८२ हजार २० व्यक्तिको मृत्यु भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आज मात्रै विश्वमा थप ७ हजार ३४१ ले ज्यान गुमाएका छन्।

चिनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि शुरु भएको कोरोनाको संक्रमणबाट हाल १४ लाख २८ हजार ४ सय २८ व्यक्ति संक्रमित रहेका छन् भने ३ लाख १ सय ९८ व्यक्तिको सफल उपचार पछि स्वस्थ अवस्थामा रहेका छन् ।

कोरोना संक्रमणबाट अमेरिकामा मात्र ४ लाख ५ सय ४० व्यक्ति संक्रमित रहेको पुष्टि भएको छ । भने १२ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ । 

स्पेनमा हाल सम्म १ लाख ४१ हजार ९ सय ४२ जना संक्रमित मध्ये    १४ हजार ४५ व्यक्तिको मृत्यु भएको तथ्याङ्क रहेको छ भने इटालीमा १ लाख ३५ हजार ५ सय ८६ संक्रमित मध्ये १७ हजार १ सय २७ जनाको मृतयु भएको छ । स्पेनमा गत २४ घण्टामा ७ सय ४ जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा इटालीमा ६ सय ४ को मृत्यु भएको छ। 

महामारी सुरुवात भएको चीनमा ६२ जना नयाँ संक्रमित पुष्टि भएको छ। तीमध्ये  ५९ जना अन्य देशबाट आएकामा संक्रमण रहेका छन् । यससँगै चीनमा संक्रमित संख्या ८२ हजार ७ सय १८ पुगेको छ। 

कोरोना भाइरसको तथ्याङ्क 

अमेरिका
संक्रमितः ३,९६,२२३
मृत्युः १२,८४४
सफल उपचारः २१,८४९

स्पेन
संक्रमितः १,४१,९४२
मृत्युः १४,०४५
सफल उपचारः ४३,२०८

इटाली
संक्रमितः १,३५,५८६
मृत्युः १७,१२७
सफल उपचारः २४,३९२

फ्रान्स
संक्रमितः१,१०,०६५
मृत्युः १०,३४३

सफल उपचारः १९,५२३

जर्मनी
संक्रमितः १०७,६६३
मृत्युः २,०१६
सफल उपचारः ३६,०८१

चीन
संक्रमितः ८२,७१८
मृत्युः ३,३३५
सफल उपचारः ७७,४१०

इरान
संक्रमितः ६२,५८९
मृत्युः ३,८७२
सफल उपचारः २७,०३९

बेलायत
संक्रमितः ५५,९४९
मृत्युः ६,१७१
सफल उपचारः ३२५

टर्की
संक्रमितः ३४,१०९
मृत्युः ७२५
सफल उपचारः १,५८२

स्वीजरल्यान्ड
संक्रमितः २२,२५३

मृत्युः ८२१
सफल उपचारः ८,७०४

बेल्जियम
संक्रमितः २२,१९४
मृत्युः २,०३५
सफल उपचारः ४,१५७

भारत
संक्रमितः ५,३११
मृत्युः १५०
सफल उपचारः ४२१

नेपाल
संक्रमितः ९
मृत्युः ०
सफल उपचारः १

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*