कोरोनाको संकटमा समेत ड्युटीमा नआउने चिकित्सक बर्खास्त

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार २०:५४
;

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरेको छ । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै पाँचजनालाई बर्खास्त गरिएको हो । 

अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा.बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा.प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई सेवाबाट बर्खास्त गरिएको हो । 

सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा उनीहरुलाई बर्खास्त गरिएको (मेसुडा) डा. राजेन्द्र खनालले बताए । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*