नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जना पक्राउ

लकडाउनका बेला नक्कली पत्रकार बनेर मोटरसाइकल चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ का २८ वर्षीय मेघराज सुनार रहेका छन् ।
तुलसीपुर उप–महानगरपालिका ६, हात्तीखौवा खण्डमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बा.८७प १००६ नम्बरको मोटरसाइकलसहित उनी पक्राउ परेका हुन् ।
जाँच गर्ने क्रममा उनले पत्रकार हुँ भन्दै फोटोसहितको परिचयपत्र देखाएपछि त्यस सम्बन्धमा बुझ्दा उनले अर्कै व्यक्तिको परिचयपत्र बोकेको खुलेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










