मुक्तिनाथ बैंकद्वारा सल्यानमा राहत वितरण

हेटौडा न्युज
२६ चैत्र २०७६, बुधबार २१:३१
;

मुक्तिनाथ बिकास बैंकले सल्यानमा राहत बितरण गरेको छ । सल्यानको श्रीनगरमा रहेको मुक्तिनाथ बिकास बैंकको शाखाबाट शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकालाई राहत सामग्री वितरण गरेको हो।

कोरोना भाईरसको रोकथाम तथा आर्थिक रुपले अति बिपन्न नागरिकहरुलाई राहत पुग्ने उद्देश्यले ती दुई स्थानीय तहले स्थापना गरेको कोरोना बिपत राहत कोषलाई सो बैंकले ५० हजार रुपैया बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरकेो हो । 

राहत सामग्री  मुक्तिनाथ बिकास बैंक श्रीनगर शाखाका प्रबन्धक सुनिल रेग्मीले शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेत र छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसीलाई खाद्यान्न सामग्री आज बुधबार हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*