राक्सिराङलाई युएसडीको फिभर गन सहयोग
राक्सिराङ गाँउपालिकालाई गैरसरकारी संस्था दीगो विकासका लागि एकता नेपालले फिभर गन उपलब्ध गराएको छ ।
लिसा हिमालय इभीसँगको साझेदारीमा राक्सिराङ गाउँपालिका वडा नं ६, ७ र ८ मा शिक्षा तथा स्वास्थ्य सहयोग कार्यक्रम सञ्चालन गरिरहेको दीगो विकासका लागि एकता नेपालका कार्यक्रम संयोजक अनिल पौडेलले गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिमडुङलाई फिभर गन हस्तान्तरण गरेका हुन् ।
फिभर गन नहुँदा ज्वरो जाँचका लागि समस्या भोग्दै आइरहेको राक्सिराङ गाउँपालिकाको चैनपुर स्वास्थ्यचौकीका लागि सहयोग गरिएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिए । दीगो विकासका लागि एकता नेपालले राक्सिराङ ६ सिलिंगेस्थित नियमित स्वास्थ्य जाँच केन्द्रमा प्रयोग गर्दै आइरहेको उपकरणलाई चैनपुर स्वास्थ्य केन्द्रका लागि उपलब्ध गराइएको संस्थाले जनाएको छ ।
गाउँपालिकाले लामो समयदेखि फिभर गन खोजी गरिरहे पनि खरिद गर्न पाएको थिएन । गाउँपालिका अन्तर्गत सबै स्वास्थ्य चौकीमा फिभर गन उपलब्ध गराउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष मल्लले बताएका छन् । राक्सिराङमा सरिखेत, खैराङ, काँकडा र चैनपुरमा स्वास्थ्यचौकी रहेका छन् ।