कोरोना नियन्त्रणका लागि बकैयामा सचेतनाका कार्यक्रमलाई तीव्रता

बकैया गाउँपालिकाले कोरोना भाइरस जोखिम नियन्त्रणका लागि सचेतनाका कार्यक्रमलाई तीव्रता दिएको छ । गाउँपालिकाले भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सबै सचेत हुनुपर्ने भन्दै सचेतनाको कार्यक्रमलाई नै प्रथमिकतामा राखेर कोरोना बाट बच्ने विभिन्न उपायहरु टोलटोलमा अटो माफ्त माइकिङ् गर्ने गरेको छ ।
गाउँपालिकाको बैठकले समेत सचेतना नै कोरोनाबाट बच्ने सहि उपाय रहेको भन्दै प्रचार प्रसारका सामग्री तयार गरी टोलटोलमा माइकिङ् लगायत पालिकाको प्रतिनिधिको प्रत्येक्ष उपस्थितीमा कोरोना बारे जानकारी दिने गरेको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताए ।
अध्यक्ष खनालका अनुसार लकडाउन कार्यान्वयनलाई कडाइका साथ लागु गरीएको बताए । गाउँपालिका भित्रका अत्यावश्यक सेवा बाहेकका सबै पसल तथा संस्थाहरु बनद रहेको उनले बताए ।
गाउँपालिकाले वैदेशिक रोजगारबाट आएकाहरुको तथ्याङ्क अध्यावधिक गरी उनिहरुको स्वास्थ्य परिक्षणको काम सकेको र परिक्षणमा कसैमा पनि समस्या नदेखिएको गाउँपालिकाका प्रशासकीय प्रमुख लक्षमण पुडासैनीले बताए । उनका अनुसार गाउँपालिकाले कोरोना संक्रमण भए नभएको जााच गर्न पालिका भित्र ४ स्थानमा हेल्प डेस्क स्थापना गर्ने तयारी गरेको बताए । प्रत्येक हेल्प डेसकमा थर्मल गन सहितको स्वासथ्य सामग्री समेत रहने उनको भनाइ छ ।
यस अघि बकैया गाउँपालिकाले कोरोना नियन्त्रणका लागि क्वारेन्टाइन कक्ष समेत तयार गरि सकेको छ ।











