कोरोनाको कहरः कालीमाटी बजार आजदेखि बन्द

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १३:२८
;

कालीमाटीस्थित देशकै ठूलो तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गरिनेभएको छ । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कारोबार बन्द गरेको हो । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै गरिन्छ ।

महानगरपालिकाले बन्दाबन्दी अवधिभर र कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ । साथै तरकारी बिक्रीका लागि आवश्यक स्थान भने महानगरपालिकाले उपलब्ध गराउने जनाएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँको खुलामञ्च, तीनकुने, गौशाला, चक्रपथ, महाराजगञ्ज, बालाजु, बल्खु लगायतका ११ स्थानमा तरकारी बिक्रीको प्रबन्ध गर्नेगरी तयारी भएको जानकारी दिनुभयो । उहाँले कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाइन्छ भन्नुभयो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बन्दाबन्दीका बेला भीड बढेर कोरोनाको जोखिम हुने खतरा देखिएपछि महानगरपालिकाको निर्णयलाई सहयोग केही समयका लागि तरकारीको कारोबार बन्द गर्न लागिएको जानकारी दिनुभयो ।  स्रोतः गोरखापत्र दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*