बहराइनमा गएका १० थप नेपालीलाई कोरोनाको संक्रमण, संक्रमित हुने नेपालीको संख्या २२ पुग्यो

२७ चैत्र २०७६, बिहीबार १३:४३
रोेजगारीका लागि बहरानमा गएका १० थपनेपालीलाई कोरोना संक्रमण भएको छ ।
साल्माबादस्थित एक शिविरमा एक विदेशीलाई कोरोना संक्रमण हुँदा त्यहाँ कार्यरत ४ सयलाई क्वारेन्टाइनमा राखिएको बहराइनस्थित रहेको नेपाली दूतावासले जनाएको छ ।
परीक्षण गर्दा बुधबार थप १० नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सँगै बहराइनमा मात्रै कोरोना संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ।