लकडाउन अवसरमा हेटौँडा–काठमाडौँ जोड्ने सडक फराकिलो बनाइँदै

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १४:०४
;

लकडाउनको अवसरमा हेटौँडालाई काठमाडौँसँग जोड्ने चल्तीको मदन भण्डारी मार्गलाई फराकिलो बनाईरहेको छ । सडक खाली भएकाले अहिले बागमती प्रदेश सरकारले सो मार्गअन्तर्गतको भीमफेदी–कुलेखानी सडकखण्डलाई निर्धक्कसँग फराकिलो बनाईरहेको छ । 

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँयालका अनुसार लकडाउनका कारण देशमा असहजिलो स्थितिमा रहेतापनि यसलाई मौकाकै रूपमा सदुपयोग गरिएको जनाएको छ । 

यो चरणमा सम्पन्न गरिने १६ किलोमिटरमध्ये आठ किलोमिटर सडक फराकिलो बनाउने काम सम्पन्न भइसकेको फूयाँलले बताएका छन् । 

दूरी व्यवस्थापनलगायत कोरोना भाइरससँग सम्बन्धित सबै प्रकारका सुरक्षा र सावधानीलाई पूर्णरूपमा पालना गर्दै काम गरिएको मन्त्री फुँयालले जानकारी दिए । 

भीमफेदीबाट कुलेखानीसम्मको १५.५ किलोमिटर सडक फराकिलो पारी कालोपत्र गर्ने कार्यका लागि प्रदेश सरकारले रु ३२ करोडमा मोतीदाना कम्पनीलाई ठेक्का दिएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानी गरी दुई खण्डमा निर्माण गर्ने गरी बोलपत्र आह्वान गरेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*