आजको मौसम पूर्वानुमानः मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १४:२६
;

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो  देशको पूर्वी तथा मध्य पहाडी  भू–भागमा  आंशिक देखि  सामान्य  बदली  रही बांकी भू–भागमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ । 

यसैगरी, पूर्वी  तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यता, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*