बागमती प्रदेशमा १ सय १ जनाको कोरोना परिक्षण
सातै प्रदेशका नौ प्रयोगशालाबाट नमुना परीक्षण सुरु भएसँगै बागमती प्रदेशको उपत्यका बाहेक तीन जिल्लामा कोरोना भाइरस परीक्षण हुन थालेको छ । तीन जिल्लामा रहेका पीसीआर उपकरणबाट अहिलेसम्म एक १ सय १ जनाको नमुना परीक्षण गरिएको छ । सबैको परिणाम नेगेटिभ आएको छ ।
हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको ल्याबबाट ५१ जनाको स्वाब परीक्षण गरिसकेको छ । त्यसैगरी काभ्रे जिल्लाको धुलिखेलमा रहेको ल्याबबाट १७ जनाको स्वाब परीक्षण भएको छ ।
हेटौंडा र काभ्रेमा रहेको ल्याबमा दैनिक ९० जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता छ । ‘दैनिक ९० जनाको स्वाब परीक्षण गर्न सकिने सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले बताएका छन् । चितवनको भरतपुरमा रहेको ल्याबबाट दुई दिनको बीचमा ३३ जनाको स्वाब परीक्षण भएको जनाइएको छ ।










