हेटौंडामा कोरोना परिक्षण सुस्त, एक सातामा ६५ जनाको परिक्षण 

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार १५:३८
;

मकवानपुरको हेटौंडामा कोरोना परिक्षण सुस्त देखिएको छ । गत चैत २१ गते देखि शुरु गरिएको कोरोना परिक्षणमा हाल सम्म ६५ जनाको परिक्षण भएको छ । 

बागमति प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोथ तथा अनुसन्धान तालिम केन्दको ल्याबलाई व्यवस्थित गरी संचालनमन ल्याइएको एक सातामा ६५ जनाको मात्र परिक्षण भएको छ । हेटौंडामा संचालनमा आएको ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न मिल्ने र त्यसको रिपोर्ट आउन सवा दुईघण्टा समय लाग्छ तर सो क्षमतामा काम भने हुन नसकेमो देखिएको छ । 

देशमा कोरोना भाइरसको जोखिम बढ्नेक्रमा रहेको छ जोखिम न्युनिकरणका लागि स्थानिय सरकार देखि संघिय सरकार समेत लागिपरेको छ तर प्रदेशको राजधानीमा नै कोरोना परिक्षण सुस्त रहेको देखिन्छ । संघीय सकारले कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको बताइरहेको बेला हेटौंडामा कोरोनाको संक्रमणको परीक्षण सुस्त देखिदा जोखिम न्युनिकरणमा सफलता हासिल हुन सकेको छैन ।

सामाजिक विकास मन्त्रालयका अनुसार संघिय सरकारले सो ल्याबमा ५ सय जनाको मात्र परीक्षण गर्न मिल्ने सामग्री पठाएकाले र्यापिड परीक्षण गर्न नसकिएको बताउदै आएको छ । र्यापिड परीक्षण गर्ने विषयमा मन्त्रालयमा कुनै पनि निर्णय नभएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले बताए । 

हालसम्म परिक्षण गरिएको मध्यमा ५५ जनाको रिपोर्ट नेगेभिट आएको र अरु १० जनाको रिपोर्ट प्राप्त हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले जानकारी दिएका छन् । 

प्रयोगशालामा नमुना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।  हेटौंडामा सञ्चालन गरिएको ल्यावमा अहिले प्रदेश नम्बर २ को बारा र पर्सा सहित ५ जिल्लालाई लक्षित गरेर परीक्षण भइरहेको छ सवेदीको भनाइ छ ।

चितवनमा पनि कोरोनाको परिक्षण ल्याव सञ्चालन आए पछि हेटौंडामा अन्य जिल्लाको नमुना परिक्षण गर्ने गरिएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन तथा मकवानपुर र अन्य जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका बिरामीको प्राप्त स्वाबबाट कोरानाको परीक्षण गरिएको हो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*