कोरोना फैलाउने षड्यन्त्र गरेको भन्दै २२ वर्षीय युवकको हत्या
कोरोना फैलाउने षडयन्त्र गरेको भन्दै २२ वर्षीय यूवकलाई निर्मम ढंगले पिटेर हत्या गरेको छ । हत्या गरेको अ आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मारिने युवक बवानामा पर्ने हरेवली गाउँ बस्ने महबुब अली रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवा तबलिगी समूहसँग एक कार्यक्रमका लागि मध्य प्रदेशको भोपाल गएका थिए । ४५ दिनपछि उनी तरकारी गाडीमा बसेर दिल्ली फर्किएका थिए ।
उनलाई आजादपुर तरकारी बजारबाट नियन्त्रणमा लिएर स्वास्थ्य परीक्षणपछि छाडिएको थियो । प्रहरीका अनुसार जब उनी आफ्नो गाउँ पुगे, उनलाई कोरोना भाइरस फैलाउन आएको आरोप लगाउन थालियो ।
एक वरिष्ठ प्रहरी अधिकारीको हवाला दिँदै भारतीय सञ्चार माध्यमहरुले लेखेको खबरका अनुसार आइतबार उसलाई खेतमा लगेर निर्मम ढंगले एक समूहले पिट्यो । घाइते अवस्थामा अस्पताल पुर्याउँदा उनको मृत्यू भइसकेको थियो ।











