५० वर्षीय बुबालाई भाला प्रहार गरी घाईते बनाएको आरोपमा छोरा पक्राउ
५० वर्षीय बुबालाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
धनकुटाको चौबिसे गाउँपालिका–७ पोस्तके बस्ने गोपाल लिम्बुलाई घाईते बनाएको आरोपमा विनोद लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले घरायसी विवादमा भालाले ढाडमा प्रहार गरी बुबा गोपाललाई गम्भीर घाइते बताएका थिए । खबर पाउनासाथ पुगेको प्रहरी बिट मौनाबुधुकको टोलीले विनोदलाई पक्राउ गरेको हो ।
भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।