कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु
भारतमा पहिलो पटक कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु भएको छ । मध्य प्रदेशको इन्दौरमा एक डाक्टरको आज (बिहिबार) मृत्यु भएको हो।
मध्यप्रदेश राज्यमा ३ सय ८१ जना संक्रमित भेटिँदा इन्दौरमा मात्रै अहिलेसम्म २ सय १३ जना कोरोना संक्रमित भेटिएका छन् । मध्य प्रदेशको इन्दौर शहर पछिल्लो समय कोरोनाको एपीसेन्टर बन्दै गएको छ ।
संक्रमित २ सय १३ मध्ये हालसम्म त्यहाँ २२ जनाले ज्यान गुमाइसकेका छन्। बिहीबार कोरोनाको चपेटमा परेका डाक्टरको निधन भएपछि प्रदेश शोकमय भएको छ ।
स्वास्थ्य विभागका सीएमएचओ डा. प्रवीण जडियाका अनुसार डा। शत्रुघ्न पञ्जवानीमा केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएको थियो।
उनको उपचार सुरुमा गोकुलदासमा र त्यसपछि सीएचएलमा भइरहेको थियो। उनलाई त्यहाँबाट पनि अरविन्दोन्मा लगिएको थियो । तर उनको बिहीबार बिहानै ज्यान गएको हो।
डाक्टर शत्रुघ्न इन्दौरको निधनपछि त्यहाँ मर्नेको संख्या २२ पुगेको हो। डाक्टर शत्रुघ्न इन्दौरको रुपराम नगरमा बस्दै आएका थिए। त्यहाँ उनी आफ्नो निजी क्लिनिक चलाउँथे। मध्य प्रदेशमा अहिलेसम्म ३८१ संक्रमित भेटिएका छन्।
जसमध्ये २२ ले ज्यान गुमाइसकेका छन्। गत रातिसम्म स्वास्थ्य विभागको तर्फबाट जारी तथ्यांक अनुसार इन्दौरमा २१३, भोपालमा ९४, जबलपुरमा आठ, ग्वालियरमा ६, उज्जैनमा १५, मुरैनामा १३, खरगोनमा १२, बडवानीमा १२, शिवपुरी र छिन्दवाडामा दुई दुई तथा बैतुल, विदिशा, ुश्योपुर र अन्य राज्यबाट आएका एक(एक बिरामी भेटिएका छन्। एजेन्सी