हेटौँडा उपमहानगरपालिकालाई प्याब्सन मकवानपुरको २ लाख सहयोग
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण र रोकथामको लागि देश लकडाउनमा रहेको बेला निजी तथा अआवसीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) मकवानपुरले हेटौँडा उपमहानगरपालिकालाई २ लाख रुपैँया सहयोग उपलब्ध गराएको छ ।
प्याब्सन मकवानपुरले उपमहानगरपालिका मार्फत समस्यामा परेका ब्यक्तिाई राहत उपलब्ध गराईउनको लागि सहयोग गरिएको जनाएको छ ।
प्याब्सनले उपमहानगरपालिकाले बनाएको मापदण्ड अनुसार राहत वितरण गर्न आग्रह गर्दै आज उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।











