राहत दिन गएका जनप्रतिनिधिमाथि हातपात 

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २१:५६
;

झापामा विपन्न वर्गका परिवारलाई राहत वितरणका लागि पुगेका जनप्रतिनिधिमाथि हातपात भएको छ । 
 कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरिएपछि समस्यामा परेकाहरुलाई राहत बाँड्न पुगेका जनप्रतिनिधिमाथि हातपात भएको हो ।

प्रहरीका अनुसार गौरीगञ्ज गाउँपालिका– २ स्थित हेम्नाडांगी सतार बस्तीमा राहत बाँड्न पुगेका वडा सदस्य अरुणकुमार राजवंशीमाथि बुधबार साँझ हातपात भएको हो । 

वडा सदस्य राजवंशीमाथि हातपात गरेको आरोपमा सोही ठाउँका सोम मुर्मु र अन्य एक जनालाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

वडा कार्यालयले गरेको लगत सङ्कलनमा विपन्न परिवारको नाम छुटाएको भन्दै वडा सदस्य राजवंशीमाथि उनीहरूले हातपात गरेका थिए ।

वडा कार्यालयले बुधबार बिपन्न परिवारलाई राहत वितरण गरेको छ भने यसअघि  चार सय पाँच परिवारलाई राहत वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*