मजदुरहरुलाई लिन गाडी पठाइयो

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २२:१७
;

काठमाडौंबाट पैदल हिडेर सुनसरी फर्कदै गरेका मजदुरहरुलाई लिन गाडी पठाइएको छ । प्रदेश सांसद केदार कार्की र राजीव कोइरालाले ललितपुरबाट पैदल हिँडेर सुनसरी फर्कदै गरेकालाई लिन विराटनगरबाट गाडी पठाएका हुन् ।

सुनसरीतर्फ हिँडेर आउँदै गरेको २७ जनाको टोलीलाई सिन्धुलीमा गाडीको व्यवस्था गरिएको कांग्रेसका सांसद कार्कीले बताएका छन् ।

उनले भनेः११ जना वर्दिबासमा आइपुगेको छन् । उनीहरुलाई लिन विराटनगरबाट गाडी पठायौं ।’बाटोमा चाहिने खानेकुरासहित आकाश श्रेष्ठले गाडीको व्यवस्था गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*