सरकारले सातै प्रदेशमा र्‍यापिड टेष्ट किट पठायो

हेटौडा न्युज
२७ चैत्र २०७६, बिहीबार २३:११
;

सात वटै प्रदेशमा सरकारले र्‍यापिड टेष्ट किट पठाएको छ । सरकारले सबै प्रदेशका लागि ५÷५ हजार र्‍यापिड टेष्ट किट पठाएको हो ।

हालै मात्र सरकारले यो किटबाट सम्भावित संक्रमित पत्ता लगाएर पीसीआर विधिबाट पुनः परीक्षण गर्ने निर्णय गरेको थियो र सोहि अनुसार कैलाली र कञ्नपुरबाट १ सय ९६ वटा नमुना संकलन गरेर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

र्‍यापिड टेस्टका लागि एन्टिजेन र एन्टिबडी बेस्ड गरी दुई किसिमको किट हुन्छ । केही दिनअघि ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता अनुसार चीनबाट ल्याइएको ७५ हजार किट एन्टिबडी बेस्ड हो । यसले कोरोना भाइरस संक्रमण भएको ३–४ दिन भइसक्दा पनि पहिचान नगर्न सक्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

सातै प्रदेशमा पठाइएको र्‍यापिड टेष्ट किटको प्रभावकारीतामा भने शंका रहेको विज्ञहरु बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*