लकडाउनको उल्लङ्घन गर्ने पाँच सय ६७ जना पक्राउ
२८ चैत्र २०७६, शुक्रबार १३:५०

लकडाउनको उल्लङ्घन गर्ने पाँच सयभन्दा धेरैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरी हिँडेका पाँच सय ६७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर निस्कन नहुने भएकाले बाहिर निस्किएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।











