कोरोनाको कारण बेलायतमा एक भूपूगोर्खा सैनिकको मृत्यु, मृत्यु संख्या ५ पुग्यो
कोरोना भाइरसका कारण बेलायतमा थप एक मृत्यु भएको छ । बेलायतस्थित नटिटन शहरमा बस्दै आइरहेका एक भूपूगोर्खा सैनिकको मृत्यु भएपछि त्यहाँ कोरोना भाइरसले मृत्यु हुनेको संख्या ५ पुगेको हो ।
पर्वत भोक्सिङ स्थाई घर भई लामो सयमदेखि बेलायत बस्दै आइरहेका भूपूगोर्खा सैनिकको मंगलबार निधन भएको हो ।
केही दिनदेखि घरमै होम क्वारेन्टाइनमा बस्दै आएका उनलाई एक्कासी ज्वरो बढेपछि अस्पताल लगिएको र उपचारकै क्रममा मृत्य भएको लण्डनस्थिति नेपाली दूताबासले जनाएको छ ।











