मकवानपुरमा खाद्यान्नको मूल्य व्यवसायी आफैले गरे निर्धारण, प्रशासन मुकदर्शक

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार १६:५७
;

मकवानपुरका व्यवसायीहरुले खाद्यान्नमा मुल्य वृद्धि गरेका छन् । गत चैत्र २२ गते उद्योग वाणिज्य संघ मकवानपुरको सदस्य खाद्यान्न व्यवसायी संघले मूल्य सूची नै प्रकाशन गरी दैनिक उपभोग्य खाद्यान्न वस्तुमा मनोमानी ढङ्गबाट आफैले मूल्य तोकेको छ । तर चैत्र २१ गतेको बिक्री मूल्य भने कतै सार्वजनिक गरेका छैनन् । तोकिएको मूल्य भन्दा कममा हेटौंडाका केही व्यवसायीले बिक्री गर्ने गरेको सार्वजनिक पनि भएको छ । 

देश कोरोना संक्रमणका कारण लकडाउनमा रहेको बेला अत्यावश्यक सामग्री खाद्यान्न, औषधी बाहेकका सबै बन्द गरिएको छ । यस्तो अवस्थामा कालो बजारी हुन नदिन भन्दै सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको अधिकार समेत दिएको छ तर जिल्ला प्रशासन कार्यालय मकवानपुरले भने मूल्य वृद्धिको वैज्ञानिक आधार देखाउन नसक्नुमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी समेत व्यापारी जोगाउन लागेको प्रष्ट देखिएको  छ । जबकि मकवानपुर प्रशासन आफैले २ महिनालाई पुग्ने खाद्यान्न जिल्लामा मौज्दात रहेको सार्वजनिक गरेको थियो । 

""

यसरी प्रशासन कै मौनतामा बजारमा मूल्य तोक्न नै नपाउने मकवानपुरको उद्योग वाणिज्य संघ र खाद्यान्न व्यवसायी संघले गत चैत्र २२ सार्वजनिक गरेको मूल्यमा अघिल्लो दिनको भन्दा २० देखि ६० रुपैयाँ बढाएर मूल्य सार्वजनिक गरेको प्रष्ट भएको छ । सामान्यतया खाद्यान्नको आधिकारिक मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्धारण गर्दछ ।

""

सामान्यताया बजारमा मूल्य बढ्न माग र आपूर्तिको आधारमा, यातायात, लोडअनलोडको मजदूर ज्याला सबैमा बढेको आधार मनासिव देखिएमा मात्रै मूल्य वृद्धि गर्न पाईने कानूनी प्रावधान छ  । तर अघिल्लो दिन अर्थात गत चैत्र २१ गते बेलुकाको बिक्री मूल्यमा भोलिपल्ट चैत्र २२ गते बिना कारण मौज्दात सामानमा नै लकडाउनको मौका छोपेर मूल्य बढेर आएको भन्दै प्रति बोरा २० देखि ६० रुपैयासम्म वृद्धि गरेको तथ्य सार्वजनिक भएको हो । यस विषयमा उद्योग वाणिज्य संघका प्रवक्ता काव्यमणी अधिकारीले मूल्य बढेर आएकाले यस्तो भएको दाबी गरेका छन् । 

""यसरी मकवानपुर जिल्लामा बजार अनुगमन समेत फितलो देखिएको छ भने, व्यापारीले मनलाग्दी गरेको मूल्य वृद्धिमा प्रशासन मुकदर्शक भएर बसेको प्रष्ट भएको छ । व्यवसायीहरुले चैत्र २९ गते पुन खाद्यान्नको मूल्यमा वृद्धि हुनसक्ने जनाएका छन् । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*