कञ्चनपुरमा १० वर्षीय बालकको मृत्यु
कञ्चनपुरमा १० वर्षीय बालकको मृत्यु भएको छ । पुनर्वास नगरपालिका –९ मा पिङ खेल्ने क्रममा कृष्ण बहादुर सुनार र सरु देवी सुनारका १० वर्षीय छोरा रोशन सुनारको मृत्यु भएको दाबी गरिएको छ ।
शुक्रबार मध्यन्हको समयमा पिङ खेल्ने क्रममा डोरी बटारिएर बालकको मृत्यु भएको अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी गराएका छन् ।
कक्षा पाँचमा अध्ययनरत मृतक बालकका आमा बुबा कामको सिलसिलामा भारतमा रहेका उनका आफन्तले जनाएका छन् ।