स्वास्थ्य सामग्री बोकेको जीप तनहुँमा दुर्घटना  

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २१:०९
;

तनहुँमा स्वास्थ सामग्री बोकेको सरकारी स्करपियो जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

काठमाडौँबाट पर्वततर्फ जाँदै गरेको बा२झ ४२२२ नम्बरको जीप पृथ्वीराजमार्ग अन्तर्गत घाँसीकुवा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्वास्थ्य सामग्री लिएर आउँदै गरेको पर्वतको जलजला गाउँपालिकाको जीप अनियन्त्रित भएर पल्टिएको प्रहरीले बताएको छ  । दुर्घटनाका घाइतेहरुको दमौलीमा उपचार भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*