बैशाख ६ सम्म देशभरका अदालत बन्द हुने 

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २१:४४
;

देशभरका अदालतहरु अब बैशाख ६ गतेसम्म बन्द रहने भएका छन्। सरकारले लकडाउनको अवधि बढाएपछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै लकडाउनको अवधि समाप्त भएको तीन दिन पछि मात्र अदालत खोल्ने जानकारी दिएको छ ।

सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम रहेका कारण यसको नियन्त्रण गर्नको लागि  पहिलो चरणमा चैत १७ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

सो निर्णय पश्चात सर्वोच्च अदालतले चैत २१ गतेसम्म देशैभरमा अदालत बन्द गर्ने निर्णय गरेको थियो ।

तर सरकारले लकडाउनको अवधि थप गरेपछि सर्वोच्च अदालतको पूर्ण बैठकले चैत २८ गतेसम्मका लागि अदालतका नियमित काम कारवाही बन्द गर्ने निर्णय गरेको थियो ।

गत चैत्र २४ गते बसेको मन्त्रीपरिषद् बैठकले लकडाउनको समय बढाएर बैशाख ३ गतेसम्म हुने निर्णय गरेपछि शुक्रबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले व्यवस्थापकीय कार्यहरु मिलाउन समय लाग्ने भएकाले लकडाउनको ३ दिनपछि सम्म अर्थात् २०७७ बैशाख ६ गतेसम्म देशैभरका सबै अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

तर अभियोग पत्र दर्ता, बयान, थुनछेक आदेश र म्याद थपको कार्य स्थगन गरिएकोमा आजबाट ती कार्यहरुलाई निरन्तरता दिने जनाएको छ ।

""

""

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*