सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना, अवस्था सामान्य
सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । कामगर्ने सिलसिलामा भारत पुगेका उनीहरुमा संक्रमण भएको पुष्टि भएको छ । यो पुष्टि हुनु अघि बझाङका ४५ वर्षीय पुरुष र उनकी ३५ वर्षीया श्रीमतीमा कोभिड–१९ कोरोना पुष्टि भएको थियो ।
यस्तै पछिःल्लो रिपोर्ट अनुसार भारतको मुम्बईमा रहेका अछाम चौरपाटी गाउँपालिका–५ लुग्राका एकै परिवारका ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमित सबै जनाको बेग्लाबेग्लैअस्पतालमा उपचार भइरहेको र आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
संक्रमित मध्येका एकजनाले फेसबुकमार्फत आफूहरु कोरोना संक्रमित भएको सार्वजनिक गरेका थिए । भारतमा आज शुक्रबारसम्म २ बढीको कोरोना भाईरसका कारण ज्यान गएको छ ।










