तस्करलाई लकडाउनले छोएन, वन क्षेत्रमा रजाई

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २२:२६
;

वन क्षेत्रमा लकडाउनको मौका छोपी चोरी/तस्करी बढ्दै गरेको पाइएको छ । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको बेला वन क्षेत्रमा व्यापक चोरी/तस्करी बढेको पाइएको हो ।

डिभिजन वन कायालय दाङले लकडाउन भए यता चोरीका काठसहित दश जना मानिस र काठ ओसार्ने प्रयोग गरिएका केही ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दाङका प्रमुख डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले गस्ती टोलीले लकडाउन अवधिभर सयौं क्यूफिट काठ बरामद भएको जानकारी दिए।

सामुदायिक वन महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीले लकडाउनको मौका छोपी तस्करहरूसँग मिलेर कतिपय वन समूहकै पदाधिकारीहरूले समेत गैरकानुनी काम गरेको भन्ने खबरले दुःखी बनाएको बताए।

अध्यक्ष सुवेदीका अनुसार त्यस्ता वन समूहका व्यक्तिले मेरो फोन समेत नउठाउने गरेको बताउछन् । मौकाको फाइदा उठाएर तस्कर, वनका कर्मचारी, स्थानीय जनप्रतिनिधि र वनका पदाधिकारी समेत मिलेर चोरी तस्करीमा लाग्नु दुभार्ग्य भएको उनले बताए।

वनमा चोरी तस्करी र चोरी सिकारी गर्नेहरू जो भए पनि कानुन बमोजिम कारबाही हुनुपर्ने उनको माग छ।

लकडाउनले काम रोकिएपछि मजदूर समेत वनमा गएर लुकिछिपी काठ काट्ने,तस्करी गर्ने तथा वन्य जन्तुको सिकार गर्ने क्रम ह्वात्तै बढेको उनले बताए । लकडाउनको दुई हप्तामा आधा दर्जन जति चोरी तस्करीका घटना भएको उनको भनाइ छ ।

चैत २७ गते नेपाली सेनासँगको संयुक्त गस्ती टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं.  १३ फुलबारीबाट काठ ओसारी रहेको  रा १ त २३९५ नम्बरको ट्रयाक्टर र ट्रयाक्टर चालक गोपाल चौधरी पक्राउ गरेको थियो ।

चैत २६ गते बिहान घोराही उपमहानगरपालिका वडा नं. १ सिरूखर्कमा वनको गस्ती टोलीले चोरीको काठसहित शोभाराम महरालाई पक्राउ गर्‍यो । टोलिले काठ ओसार्न प्रयोग गरेको रा १ च ३९४१ नम्वरको  ट्याक्टर समेत नियन्त्रणमा लिएको छ ।

त्यस्तै चैत २४ गते दंगिशरण गाउँपालिकाको सिमठाना सामुदायिक वनमा वनकै पदाधिकारीहरुको मिलेमतोमा सिसौ र खयर जातका ५५ वटा रुखहरु काटेको पाइएपछि पदाधिकारीहरुलार्ई नियन्त्रणमा लिइएको छ । भने २३ गते गस्ति बबई  गाउँपालिका वडा नं. ५ स्थित खयरभट्टी सिमगैरा सामुदायिक वनमा गस्ति टोलिले करिव दुई हेक्टर जमिनको वनलाई अतिक्रमण गर्ने नियतले लगाइएको फलफुल तथा नगदेवालीलाई हटाई पुन वन कायम गरेको छ ।

त्यस्तै चैत २२ गते डिभिजन वनको गस्ति टोलिले घोराही १२ ज्यामिरे खोलाको भालुचिप्ला सामुदायिक वनमा सालको एउटा रुख काटेर चिरान गरि राखेको अवस्थामा गोलिया तथा चिरान काठ गरि करिव ११२ घन फिट काठ बरामद गरी चैत २७ गते उक्त कार्यमा सम्लग्न पुर्णबहादुर रेउलेलाई पक्राउ गरि हिरासतमा राखियो ।

त्यस्तै वन समुहको गस्ति टोलिले चैत १० गते तुलसीपुर महानगरपालिका वडा नं। १८ को रानी सामुदायिक वनमा सालको दुई वटा रुख काटेर गोलिया ओसार्दै गरेको गोलिया काठ थान १६ को परिमाण ११७.२१ घन फिट सहित रा १ त ११७७ नम्वरको ट्याक्टर र घोराही उपमहानरपालिका– १२ रतनपुर निवासी सुदन गिरी नियन्त्रणमा लिएको छ ।

यो बीचमा वन पैदावार चोरी तस्करीका विभिन्न ६ वटा घटनामा भएका प्रबक्ता शर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*