नेपालमा कोरोना परीक्षण गराउनेको संख्या बढ्दै, २४ घण्टामा ६ सय ३० को परीक्षण सकियो

हेटौडा न्युज
२८ चैत्र २०७६, शुक्रबार २२:५०
;

पछिल्लो समय नेपालमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३० जनाको नमूना परीक्षण गरिएको जनाएको छ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा राष्ट्रिय प्रयोगशाला टेकुमा ४ सय १ र उपत्यका बाहिर २ सय २९ गरी जम्मा ६ सय ३० जनाको नमूना परीक्षण गरिएको बताए । नेपालमा आज सम्ममा कूल ३ हजार ५ सय २४ जनाको परीक्षण भएको र ८ सय भन्दा बढी परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।

प्रवक्ता देवकोटाले स्वास्थ्य परीक्षणको दायरा बढाएसँगै परीक्षणको संख्या पनि बढीरहेको जानकारी दिए।

देशभरमा ८ हजार ६ सय ६० जना क्वारेन्टिनमा र १ सय २५ जना आइसोलेसनमा उपचारका क्रममा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनले उपत्यकाभित्र १५ जना र उपत्यकाबार ११० जना आइसोलेसनमा रहेको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*