करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु
संखुवासभामा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु भएको छ । खाँदवारी नगरपालिका २ आरुबोटेमा मोबाइल चार्ज गर्न क्रममा केरन्ट लागेर महेश विकको मृत्यु भएको हो ।
मोबाइल फोन चार्ज गर्न क्रममा करेन्ट लागेर घाईते भएका विकलाई उपचारका लागि जिल्ला अस्पताल खाँदवारी ल्याउँदै गर्दा बाटैमा क्रममा मृत्यु भएको वडा अध्यक्ष ज्ञानबहादर श्रेष्ठ जनाएको छ ।
यता परिवारले भने विद्युत् प्राधिकरणको लापरवाहीले गर्दा विकको मृत्यु भएको बताएका छन् । खाँदबारी २ चेवामा रहेको ट्रान्सफरमरमा खराबी आएपछि विद्युत् हाई भोल्टेज प्रवाह भएर विकको मृत्यु भएको वडा अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले बताएका छन् ।










