महामारी झन् घातक बनेर फर्किन सक्ने डब्ल्यूएचओको चेतावनी

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १३:१८
;

विश्वभर फैलिएको कोरोना भाइरसको महामारी झन् घातक बनेर फर्किन सक्ने भन्दै लकडाउन नहटाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ ।  

कोरोनाको संक्रमण कम हुन थालेका देशले लकडाउनलगायत प्रतिबन्ध हटाउन तथा खुकुलो गर्न थालेपछि कोरोना संक्रमण पुनरावृत्ति हुन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो नगर्न सुझाव दिएका हुन् ।

संक्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाउने गरिरहेको छ । यस्तै कोरोनाका कारण विश्वमै सबैभन्दा बढी प्रभावित देशमा पर्ने इटाली र स्पेनले केही प्रतिबन्ध खुकुलो पारेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*