इटालीका प्रधानमन्त्रीद्वारा लकडाउनको अवधी थप

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १३:४२
;

कोरोना भाईरसको महामारी नरोकिएपछि इटालीमा लकडाउनको अवधी मे ३ सम्मका लागि लम्ब्याइएको छ । इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले मुलुकमा जारी रहेको लकडाउनको समय मे ३ सम्मका लागि बढाउने निर्णय गरेका हुन् ।

इटालीमा मार्च ९ मा पहिलोपटक मुलुकमा लकडाउनको घोषणा गरिएको थियो । यो लकडाउन अप्रिल ३ सम्मका लागि घोषणा गरिएको थियो ।

पछि यो लकडाउनको समय १३ अप्रिलसम्म लम्ब्याउने निर्णय गरिएको थियो अझै पनि इटालीमा कोरोना भाइरस ९कोभिड–१९० को महामारी नरोकिएको कारण यसलाई थप २१ दिन बढाएर मे ३ सम्म लम्ब्याउने निर्णय गरिएको हो ।

इटाली विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेमा सबैभन्दा प्रभावित मुलुक हो । अहिलेसम्म यो मुलुकमा १८ हजार आठ सय ४९ जना मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*