नदीमामा हामफाल्दा ३५ वर्षीय महिलाको मृत्यु
हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १४:३५
कालीगण्डकी नदीमा हामफाल्दा एक महिलाको मृत्यु भएको छ । पर्वतको बारीबेनी दोभानबाट कालीगण्डकी नदीमा हाम फाल्दा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्ने ३५ वर्षीया देवकी थापा मगरको मृत्यु भएको हो ।
उनको शव १५० मिटर तल लामाखेतस्थित नदी किनारमा भेटिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।