कांग्रेसलाई आयो वेबसाइट ह्याक गर्ने चेतावनी
ट्विटरमार्फत नेपाली कांग्रेसको वेबसाइट ह्याक गर्ने चेतावनी आएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएको छ ।
प्रवत्ता शर्माका अनुसार प्रभु मनी ट्रान्सफरको डेटा ह्याक गर्ने सूचना सामाजिक सञ्जालमा फैलाउने र कांग्रेसको पनि साइट ह्याक गर्ने जानकारी आएको छ ।
उनले भने, ‘शुक्रबार राति ९ बजेपछि ह्याकरले सार्वजनिक रुपमै लेखेर कांग्रेसको साइट ह्याक गर्ने चेतावनी दिए।’
प्रभु पनि ट्रान्सफरको डेटा ह्याक गरिसकेको र कांग्रेसको साइट ह्याक गर्न लागेको ट्विट लेखेर ह्याकरले चेतावनी दिएको उनले बताएका छन् ।
ह्याकरको चेतावनीपछि साइट डेभलपर मार्फत सुरक्षित हुने विधि अपनाइएको उनले जानकारी दिएका छन् ।