हेटौंडामा राहत वितरणमा निरन्तरता

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार १८:५०
;

हेटौंडा उपमहानगरपालिकाले नगरभित्र रहेका आर्थिक अवस्था कमजोर भएकाहरुलाई राहत वितरण गरिरहेको छ । राहत वितरणका लागि पालिकाले थप पाँच वटा वडामा राहत पठाएको जनाएको छ । 

हेटौंडाको वडा नम्बर १ मा ४ सय परिवार, वडा नम्बर ४ मा थप ५० परिवार, वडा नम्बर ६ मा ३ सय ५० परिवार, वडा नम्बर १६ म एक सय ८० परिवार र वडा नम्बर १८ मा थप एक सय परिवारलाई राहत पठाइएको बताएको छ । 

उपमहानगरपालिकाले कोरोना प्रभावितलाई राहत वितरण गर्ने कार्यबिधि अनुसार नै वडा मार्फत राहत वितरण गरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् । 

राहत प्याकेजमा एक परिवारले १५ केजी चामल, २ केजी दाल, २ लिटर तेल, १ पाकेट नुन, ४ वटा नुहाउने सावुन जस्ता अत्यावश्यक सामग्री रहेको जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*