वीरगञ्जका ३ व्यक्तिमा कोरोना पोजेटिभ हल्ला मात्रः सामाजिक विकास मन्त्रालय

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २०:४४
;

हेटौंडामा कोरोना परिक्षण गरिएको मध्ये वीरगञ्जका ३ जनामा कोरोना पुष्टि नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाका अनुसार हिजो शुक्रबार हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा ३६ जनाको कोरोना परिक्षण गरिएको थियो जस मध्ये २९ जनाको रिपोर्ट आइसकेको थियो भने बाँकी ७ जनाको रिपोर्ट आउन बाँकी रहँदा सामाजिक सञ्जालमा ३ जनामा कोरोना पोजेटिभ भन्ने हल्ला भएको र उक्त हल्ला गलत भएको जनाएको छ ।

ति व्यक्तिमा कोरोना भए नभएको रिपोर्ट आएपछि मात्रै थाहा हुने मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा.पुरुषोत्तम सेढाईंले बताए ।  बागमती प्रदेशको राजधानी हेटौंडाको किटजन्य रोग अनुसन्धान तालिम केन्द्र विरगञ्जका ती ३ जना व्यक्तिको स्वाब परीक्षणको क्रममा नेगेटिभ वा पोजेटिभ किटान गर्न नसकिएपछि पुन परीक्षणका लागि काठमाडौं पठाइएको डा. सेढाईंले बताए ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*