भारतबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएन, १४ जना महाकाली तरेर नेपाल प्रवेश
भारतमा मजदुरी गर्ने बझाङ र बैतडीका १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेका छन् । चैत्र २५ गते राती २ बजेको समयमा महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाईएको हो ।
समुहमा २ं/३ जना पौडी खेल्न भएकाले उनीहरुकै सहयोगमा १४ जना नेपाल प्रवेश गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले बताएका छन् ।
हाल उनीहरुलाई क्वारेन्टीनमा राखिएको उनले धामीले बताएका छन् । भारतमा लकडाउन भएपछि धार्चुलासम्म आइपुगेका उनीहरु सीमामा रोकिएका थिए ।
भारतले बनाएको जोलजीवी इन्टरकलेजमा बनाएको क्वारेन्टीनमा पनि १० दिन बसेका थिए । त्यहा राम्रो खाने, बस्ने व्यबस्था नभएपछि भागेर आएको उनीहरुले बताएका छन् ।