आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २१:३८
;

कालिकोटको एक गोठमा आगलागी हुँदा ३५ बाख्रा जलेर नष्ट भएका छन् । पचालझरना गाउँपालिका–३ स्थित खाद्रुमा घरमा स्थानीय लोकेन्द्र कठायतको ३५ वटा बाख्रा जलेर नष्ट भएको हो ।

खाद्रुको लेक जंगल नजिकै रहेको घरमा आगलागी हुदाँ आगो सल्केर गोठमा हुलेका सबै बाख्राहरु जलेर नष्ट भएको पीडित कठायतले बताएका छन् । मान्छे घरमा नबसेकाले मानविय क्षती भने नभएको  इलाका प्रहरी कार्यालय पचालझरनाले जनाएको छ ।    

आगलागीबाट ४ लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय पचालझरना इन्चार्ज पुष्प कडायतले जनाएको छ ।

पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले आगलागीबाट पीडित कठायतलाई गाउँपालिकाले राहत दिने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*