कत्तिको प्रभावकारी छ र्यापिड टेष्ट ?

विश्व स्वास्थ्य संगठनले मान्यता दिइनसकेको भनिएको यस्तो द्रुत परीक्षणको नतिजालाई भने अर्को पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिने अधिकारीहरूले बताएका थिए।
अहिलेसम्म क्वारन्टीनमा रहेका व्यक्तिसँगै केही स्वास्थ्यकर्मी र घरैमा अलग्गै बसिरहेका व्यक्तिहरूको पनि र्यापिड टेष्ट गरिएको छ।
हालसम्म सुदूर पश्चिममा त्यसरी गरिएका सबै परीक्षणको नतिजामा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन्।
कञ्चनपुर जिल्लाका विभिन्न क्वारन्टीनमा रहेका २३२ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभु वा सङ्क्रमण नभएको आएको छ।