र्‍यापिड डाइग्नोस्टिक टेस्ट कस्तो विधि हो ?

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २२:०६
;

सेती प्रादेशिक कोरोना विशेष अस्पतालका वरिष्ठ इमर्जेन्सी फिजीसियन तथा प्रवक्ता डाक्टर जगदीश जोशीले र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडिटी० विधि शरीरमा रहेको रोगसँग लड्न सक्ने क्षमता जाँचेर रोग भए नभएको पत्ता लगाउने विधि मात्र भएको बताए।

उनका अनुसार कोरोनाभाइरस सङ्क्रमणको आशंका गरिएका व्यक्तिहरूको परीक्षण गरिनु अहिलेको टड्कारो आवश्यकता हो।

हामीले यतिबेला भारतबाट आएका व्यक्तिहरूलाई शंकास्पद रूपमा हेरेका छौँ। उनीहरूको जाँच हुनु जरुरी छ। त्यसैले यो विधि प्रयोग गरेर परीक्षण गरिरहेका छौँ। यो परीक्षणमा सङ्क्रमण भएको देखिए थ्रोट स्वाब परीक्षण गरेर मात्र कोरोनाभाइरस सङ्क्रमणको यकीन गरिन्छ।

यो केवल स्क्यानिङ्ग टेस्ट हो‚ यकीन पुष्टि गर्ने होइन। यकीन गर्नलाई पीसीआर पद्धतिबाट परीक्षण परीक्षण गर्नै पर्छ, उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*