लकडाउनको अवधि लम्बिने: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हाल भईरहेको लकडाउनको अवधि लम्बिने बताएका छन् । प्रधानमन्त्री ओलीले देशका सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो छलफलमा सो कुरा बताएका हुन् । छिमेकी देश भारतमा कोरोना संक्रमण फैलिने क्रम कायमै रहेको र खुल्ला सिमाना भएकाले नेपालमा लकडाउन खुल्ला गर्न नसकिने बताएका छन् ।
देशको नागरिक जोगाउनु आफूहरुको कर्तव्य भएकाले लकडाउन अवज्ञा गर्ने र लापर्वाही गर्नेलाई छुट दिन नसकिने मुख्यमन्त्रीहरुसँगको कुराकानीमा बताएका छन् ।
छलफलमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारमा प्रदेशस्तरमा भईरहेको कामको बारेमा जानकारी लिएका थिए ।
करिब चार घण्टा भएको भिडियो छलफलमा स्वास्थ्यको क्षेत्रले गरेको प्रगति, स्वास्थ्य सामग्री, ल्याव, स्वास्थ्यकर्मीको व्यवस्थापनमा प्रगति गरेकाले सबैलाई ढुक्क हुन र समन्वयात्मक ढङ्गले अघि बढ्न आग्रह गरेका छन् ।