नेपालमा हालसम्म ४ हजार बढिको कोरोना परिक्षण
नेपालमा हालसम्म ४ हजार ४ सय २६ कोरोना भाइरसको नमुनाको परिक्षण गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ सय ९७ जनाको नमुन परीक्षण सहित नेपालमा अहिलेसम्म ४ हजार ४ सय २६ जनाको परिक्षण गरिसकेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रम हालसम्म नेपालमा संचालनमा आएका प्रयोगशालामा ४ हजार ४ सय २६ जनाको परिक्षण गरिसकेको बताएका हुन् ।
प्रवक्ता डा. देवकोटाका अनुसार नेपलमा अहिले नयाँ कोरोना संक्रमित नरहेको बताए । यसअघि पोजेटिभ देखिएका ८ जना अहिले उपचारत रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार केन्द्रीय प्रयोगशाला टेकुमा अहिलेसम्म ३ हजार ३ सय ९२ को नमुना परिक्षण भएको छ ।
टेकुमा पछिल्लो २४ घण्टामा ६ सय ९ जनाको नमुना परिक्षण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँ बाहिर अहिलेसम्म ७ सय ४२ जनाको नमुना परिक्षण भएको छ भने पछिल्लो २४ घण्टामा २ सय ८८ जनाको नमुना परिक्षण भएको उनले बताए ।
अहिले दैनिक ७ देखि ८ सयका दरले नमुना परिक्षण हुनथालेको प्रवक्ता देवकोटाले बताएका छन् ।
अहिले देशभर ८ हजार ८२ जना क्वारेन्टाइनमा रहेको र ८२ जना आइसोलेसनमा रहेका छन् ।
अहिले र्यापिड टेस्ट किट सातै प्रदेशका सबै जिल्लामा पुगेको बताउदै उनले सुदूरपश्चिमका सबै जिल्लामा टेस्ट गरिने बताए ।
प्रवक्ता देवकोटाले वीर अस्पताल र टेकुस्थित शुक्रराज अस्पतालमा पनि परिक्षण गरिने बताएका छन् ।











