११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ
११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खत्याड गाउँपालिका–४ हेगुटी बस्ने प्रनन्द बिक रहेका छन् ।
बिकले ती बालिकालाई सोही गाउँपालिकास्थित अदाचुली भन्ने जंगलमा चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।