भारतमा पछिल्लो २४ घन्टामा ४० जना मृत्यु
कोरोना भाइरसको संक्रमणबाट भारतमा पछिल्लो २४ घन्टामा ४० जना मृत्यु भएको छ । भारतका विभिन्न राज्यमा अहिलेसम्म २ सय ३९ जनाको मृत्यु भएको जनाइएको छ ।
बिबिसी हिन्दीका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ हजार ७ सय ४७ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ६५ जना अहिले उपचाररत छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग शनिबार भिडिओ कन्फरेन्स गरेका छन् ।
उक्त कन्फरेन्सनमा जारी लक डाउन थप्ने विषयमा छलफल भएको थियो ।











