चट्याङसहित मेघगर्जन र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौसहित मध्य पहाडी, पूर्वी पहाडी र पश्चिमका केही पहाडी क्षेत्र तथा तराई क्षेत्रमा अहिले मेघगर्जनसहित हावाहुरी चलिरहेकोले सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
तराईका धेरै ठाउँमा अहिले बादल विकसित भइरहेकोले सतर्कता अपनाउन आग्रह गरेका छन् । अहिले दाङ, कपिलवस्तु र रुपन्देही लगायतका ठाउँहरुमा मेघगर्जनसहित हावाहुरी चलिरहेको छ भने केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाले ट्वीटरमार्फत प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । स्थानीय वायुको प्रभावका कारण चट्याङ, मेघगर्जन र हावाहुरीसहितको वर्षा लामो समयसम्म भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *