हेटौंडाबाट काठमाडौ पठाइएको ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार ०४:०८
;

वीरगन्जबाट हेटौंडा परिक्षणका लागि ल्याइएको तीन जना व्यक्तिको नमुनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार  हेटौंडाको कोरोना ल्यावमा कोरोना परिक्षण गर्दा संक्रमण भए नभएको एकिन नभएको भन्दै आज शनिबार परिक्षणका लागि नमुना काठमाडौं पठाइएको र नमुना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । कोरोना भाइरस संक्रमण पोजेटिभ भएको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाण्डौ पठाएर ल्याव टेष्ट गर्दा कोरोना संक्रमण प्रमाणित भएको हो ।

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्क्योल गर्नका लागि ती नमुनालाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । काठमाण्डौमा परिक्षण पछि उनीहरुमा कोरोना पोजेटिभ भएको पाइएको हो ।

पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको थियो । भारतीय मुस्लिम धर्म प्रचारकहरुको हेटौंडामा थ्रोट स्वाब परिक्षणका लागि ल्याइएको थियो।

कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरुको स्वाब संकलन गरि बागमती प्रदेशको हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए ।

२४ जना मध्ये दुईजनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो। हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

स्थानीयका अनुसार विगत ९, १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन् । ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ।’ तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*