कोरोनाको कहर: अमेरिकाको अवस्था भयवाह बन्दै, साढेँ २० हजारबढीको मृत्यु 

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १२:५७
;

कोरोनाभाइरसको संक्रमणका कारण धेरै मृत्यु हुने देशको सूचीमा अमेरिकामा पहिलो नम्बरमा रहेको छ । 
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार अमेरिकामा एकैदिन १८ सय ३० को मृत्यु भएपछि मृतकको संख्या २० हजार ५ सय ७७ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ३ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ३२ हजार ८ सय ७९ पुगेको छ जसमध्ये ११ हजार ४ सय ७१ को अवस्था चिन्ताजनक छ ।

यस्तै, इटलीमा हालसम्म मृतकको कूल संख्या १९ हजार ४ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा यहाँ ६ सय १९ जनाको मृत्यु भएको थियो । साथै, एकैदिन ४ हजार ६ सय ९४ नयाँ संक्रमित थपिएपछि संक्रमितको कूल संख्या १ लाख ५२ हजार २ सय ७१ पुगेको छ ।

संक्रमितमध्ये ३ हजार ३ सय ८१ को अवस्था गम्भीर छ भने ३२ हजार ५ सय ३४ संक्रमित निको भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*