अब बढीमा तीन जनामात्रै सहभागी हुन पाइने
विश्वव्यापी रुपमा फैलि फैलिरहेको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका विभिन्न कदमहरु चाल्दै आईरहेको छ । त्यस्तैराहत वितरणमा अब बढीमा तीन जनामात्रै सहभागी हुन पाइने भएको छ ।
दाङमा अब तीन जना मात्रै सहभागी हुन पाईने भएको हो । राहत बाँड्ने नाममा जनप्रतिनिधिको भिडभाड देखिएको फोटो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय दाङले अब बढीमा तीन जनामात्रै सहभागी हुन पालिकाहरुलाई पत्र काटेको छ ।
पालिका प्रतिनिधि, सुरक्षाकर्मी र सहायतादाता १र१ जना गरी तीन जनाले मात्रै राहत बाँड्न जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका दस वटै पालिकालाई अनुरोध गरेको छ ।











