लकडाउनको बेला चर्च सञ्चालन गर्ने ३ जना पास्टर पक्राउ

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १४:१७
;

लकडाउनको बेला चर्च सञ्चालन गर्ने ३ जना पास्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीको बेवास्ता गर्दै शनिबारको दिन चर्च सञ्चलन गर्ने पास्टरहरु मनहरी र सिमपानीका रहेको प्रहरीले जनाएको छ । 
 
सरकारले लकडाउनको निर्देशनलाई चर्च सञ्चालन गरिरहेकाले पक्राउ गरी सचेत पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ परेका पास्टरहरुलाई आगामी दिनमा लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउने सर्तनामा गराई छाडिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*