क्वारेन्टीनमा बस्ने शंकास्पद बिरामीको संख्या बढ्दै
रौतहटमा कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको संख्या बढदै गएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टीनमा बस्ने शंकास्पद बिरामीको संख्या फरि बढेको हो ।
कोरोना भाइरस संक्रमितको आशंकामा बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको विभिन्न खाले कदम चाल्दै आएको छ । भारतलगायत विभिन्न स्थानबाट आउनेहरुलाई १६ दिन सम्म नियमित क्वारेन्टीनमा बस्ने ब्यवस्था गरिएको छ । सोही क्वारेन्टीनमा त्यस्ता शंकास्पद बिरामीको संख्या बढेको जनाईएको छ ।
रौतहट जिल्लाको कटहरिया, मौलापुर, बौधीमाई, प.गौर, चन्द्रपुर लगायतका २७ क्वारेन्टीनहरु रहेका छन् । जिल्ला प्रहरीप्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार ती २७ वटा क्वारेन्टीनहरुमा आज आइतबार बिहान सम्म दुुईसय ४१ जना शंकास्पद बिरामीको उपचार भइरहेको छ ।
जिल्लाभरीमा कुल २५ आईसोलेसन कक्ष सबै क्वारेन्टीनमा कुल आठसय ३६ बेड रहेको छ ।
जिल्लाको बिभिन्न क्वारेन्टीनमा लगातार २ हप्ता बसेर हालसम्म ३५ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।